आज यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता
२० जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक २.६६ अंकले बढेर २७८०.२५ को बिन्दुमा बन्द भएको छ ।
आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४४ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ८५ लाख ९४ हजार रुपैयाँ, रिडी पावर कम्पनीको २० करोड ४९ लाख ४६ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सको १५ करोड १७ लाख २५ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको १२ करोड ८२ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 3, 2026 at 3:18 pm









