२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

केपी ओलीले भनेः आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

एमालेको केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले सङ्गठनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भएर लाग्न आह्वान गरे ।

अध्यक्ष ओलीले भने, “एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो । यसले आत्तिने र हरेश खाने काम गर्नु हुँदैन । आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन ।” उहाँले प्रतिशोधको भावनामा कसैले पनि काम गर्न नहुने बताए ।

आजको कार्यक्रमबाट पार्टीभित्रका भ्रम चिर्दै नयाँ विश्वास र जोशका साथ कार्यक्षेत्रमा परिचालित हुन सम्बद्ध सबैलाई अनुरोध गरे ।कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज (भारत प्रवाससमेत), प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, सङ्गठन विभाग प्रमुख तथा जनसङ्गठन केन्द्रीय कमिटीका अध्यक्ष र सङ्गठन विभाग प्रमुख सहभागी छन् ।

प्रकाशित मिति : June 3, 2026 at 2:47 pm