२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

उत्ताउलिएर धेरै अघि नबढ्नुहोला, अराजकतन्त्र लामो समय चल्दैनः केपी ओली

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न आग्रह गरेका छन् । पार्टीको दुई दिने कार्यशाला उद्घाटन गर्दै आज ओलीले भने ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला।’

उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र ढलेको उल्लेख गर्दै थपे, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो? यो लामो समय चल्न सक्दैन।’

प्रकाशित मिति : June 3, 2026 at 1:22 pm