९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

२० जेठ, काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको हाे।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा ८ लाख ६० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरेको थियो।

त्यसमध्ये ३ लाख ४४ हजार अति प्रभावित सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ र २ का स्थानीय बासिन्दाहरूका लागि र बाँकी ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका १ र २ बाहेक अन्य वडाहरूका स्थायी बासिन्दामा निष्काशन गरिएको थियो। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँड गरेको हो।

प्रकाशित मिति : June 3, 2026 at 9:51 am