२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

१०० रुपैयाँमै निफ्राको १० लाख ८० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२० जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने भएकोले हाल निफ्राकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्न सक्नेछन्। सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बानेश्वरस्थित बैंकको कार्यालयको कानून विभागमा लिखित आवेदन दिनु पर्नेछ। साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति : June 3, 2026 at 9:32 am