२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक २५ गतेसम्मका लागि स्थगित

१९ जेठ, काठमाडाैं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन वा तथ्य प्रमाण पेस गर्न माग गर्दै विपक्षीहरूले बैठक अवरोध गरेका थिए।

आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरूले नाराबाजीसँऊै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : June 2, 2026 at 3:53 pm