१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

सेयर बजारमा दोहोरो अंकको सुधार, फाइनान्समा ६ प्रतिशतको वृद्धि

१९ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक २२.२१ अंकले बढेर २७७७.५८ को बिन्दुमा बन्द भएको छ । यस दिन १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो । आज फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । यसदिन फाइनान्स समूहको सेयर मूल्य ६.०३ प्रतिशतले बढेको हो । साथै, अन्य ११ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यस दिन कालिन्चोक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : June 2, 2026 at 3:26 pm