१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

प्रधानमन्त्री संसद्‌प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परेमा फेरि जवाफ दिनुहुन्छः सरकारका प्रवक्ता

१९ जेठ, काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति उत्तरदायी रहेको र आवश्यक परेमा फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन् । आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले यस्ताे बताएका हुन् ।

 पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले केही दिनअघि पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

प्रकाशित मिति : June 2, 2026 at 1:39 pm