१९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026

नेरुडे मिर्मिरे लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

१९ जेठ, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै निराश बनाएको हो।

बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको छ ।

प्रकाशित मिति : June 2, 2026 at 11:52 am