२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

अप्पर स्याङ्गे हाइड्रोपावरको १५ लाख कित्ता बढी सेयरको लक इन अवधि असारमा समाप्त हुँदै

१९ जेठ, काठमाडाैं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको १५ लाख ६३ हजार कित्ता सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो ।

जसमा १३ लाख ३० हजार कित्ता संस्थापक सेयर, २ लाख २० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको र १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको सेयर रहेको छ ।

प्रकाशित मिति : June 2, 2026 at 11:44 am