विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
१८ जेठ, काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षसहित सबै विपक्षी दलले विरोध जनाएका थिए । सभामुख अर्यालले आकस्मिक समयमा विपक्षी दलका सांसदलाई बोल्न समय दिएपछि केही बेर सदन चलेको थियो । विपक्षी दलका सांसदले बोलिसकेपछि विपक्षी दलका सबै सांसद उठेर विरोध जनाएका हुन् ।
सभामुख अर्यालले पटकपटक बसेर कार्यसूचीमा प्रवेश गर्न सांसदहरूलाई आग्रह गरे पनि विपक्षी दलका सांसदले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेका हुन् ।
प्रकाशित मिति : June 1, 2026 at 3:06 pm









