१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नुवाकोट एमालेमा जागरण ल्याउन केपी ओलीले तोके चार नेता

१८ जेठ, नुवाकोट । नेकपा (एमाले)ले प्रदेशसभा र स्थानीय तहको निर्वाचनको तयारी सुरू गरेको छ । एमालेले मिसन पार्टी जागरणको नाममा चुनावी अभियान सुरू गरेको हो । सरकारले प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने तयारी गरेको दाबी सहित एमालेले पनि  मिसन पार्टी जागरणको नाममा तयारी सुरू गरेको छ । यसमा लागि नुवाकोटमा चार नेता तोकिएका छन ।

एमालेले नुवाकोटको १२ वटा पालिकामाको ८८ वडा वडामा समन्वय गर्नका लागि चार नेतालाई जिम्मा दिएको छ । जसमा महेन्द्रबहादुर पाण्डे, केशवराज पाण्डे, विन्दा ढुंगाना र उषाकिरण तिमल्सेना रहेका छन । यो जिम्मेवारी सिधै केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन २ मार्फत तोकेका हुन ।

६ जना नेताको अनुभूति दिलाउन कुनै पालिकाको जिम्मेवारीमा महेन्द्र पाण्डेको अघि डा लेखिएको छ भने केशव पाण्डेको नामको राज हटाइएको छ । ओलीले तोकेको जिम्मेवारी अनुसार महेन्द्र पाण्डेले विदुर नगरपालिका, शिवपुरी र लिखु गाउँपालिकाको जिम्मा पाएका छन । जिम्मेवारी पाएको मध्ये विदुर र लिखु पाण्डेको गृह पालिका पनि हो ।

त्यस्तै केशवराज पाण्डेले बेलकोटगढी नगरपालिका, ककनी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिकाको जिम्मेवारी पाएका छन । बेलकोटगढी पाण्डेको गृह पालिका हो । यस्तै विन्दा ढुंगानाले तादी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकाको जिम्मेवारी पाएकी छिन भने उषाकिरण तिम्लसेनाले किस्पाङ र म्यागङ गाउँपालिकाको जिम्मेवारी पाएकी छिन ।

 

प्रकाशित मिति : June 1, 2026 at 5:47 am