रास्वपाले बोलायो सचिवालय बैठक
१७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आजै साँझ ८ बजे भर्चुअल रूपमा बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका कार्यसूचीमा छलफल हुने
यस्तै पार्टी सभापति रवि लामिछानेको भोलिबाट सुरू हुने भारत भ्रमणबारे पनि छलफल हुने सम्भावना छ। त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने बताए ।
प्रकाशित मिति : May 31, 2026 at 6:38 pm









