पुँजीगत लाभकर अन्तिम नै होः अर्थमन्त्री वाग्ले
१७ जेठ, काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारमा लगाइएको पूँजीगत लाभकर अन्तिम भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पुँजीगत लाभकरलाई लिएर केही सञ्चारमाध्यममा गलत व्याख्या भएको दाबी गर्दै यो कर प्रणाली अन्तिम र स्थायी प्रकृतिको भएको बताएका हुन् ।
‘फाइनल नै हो, हजुर फाइनल नै हो, अर्थमन्त्री वाग्लेले भने, ‘केही सञ्चारमाध्यमले यो अन्तिम होइन भनेर लेखे, तर पुँजीगत लाभकर अन्तिम करकै रूपमा कायम छ।’
उनका अनुसार सेयर बजार कर संरचनामा लगानीकर्ताको सुझाव समेत समेटिएको छ। लगानीकर्ताहरूले दर केही समायोजन भए पनि स्पष्ट र स्थायी व्यवस्था हुनुपर्ने माग राखेको उनले बताए । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ।
यहि लाभकर नै अन्तिक कर भएको भन्दै सेयरबाहेक आम्दानी हुनेले विवरण बुझाउँदा पुँजीगत लाभकर लेख्न भन्दै पुँजीगत लाभकर नै अन्तिम कर भएको बताए ।
प्रकाशित मिति : May 31, 2026 at 4:56 pm









