बजेट सानो हो, महत्त्वाकांक्षी होइनः अर्थमन्त्री वाग्ले
१७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको बताउँदै महत्वकांक्षी नरहेको दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो उनले दाबी गरेका हुन् ।
विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे । ‘बजारमा २५ खर्बको बजेट आउँछ भनेर हल्ला गर्दै थिए २१ खर्ब २४ अर्बको मात्रै बजेट ल्याएको छु,’ वाग्लेले भने । उनले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रक्षेपित कुल गाहस्थ्र्य उत्पादन (जीडीपी) ७४ खर्ब ५८ भएको बताए ।
प्रकाशित मिति : May 31, 2026 at 3:59 pm









