१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति

१७ जेठ, काठमाडौं । विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन् । नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जबाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने विपक्षी दलहरूले माग गरेको लामो समयपछि प्रधानमन्त्री आज प्रतिनिधि सभा बैठकमा उपस्थित भएर रोस्ट्रम पुगेका हुन् ।

सांसदहरूले प्रश्न सोध्न चाहेको भन्दै उनले समय दिन सभामुखलाई आग्रह गरेका छन्। सभामुखले सांसदहरूलाई २ मिनेटमा प्रश्न सोध्न आग्रह गरेका छन्। यसमा नेकपा एमाले र नेकपाका प्रमुख सचेतकहरूले आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन् ।

प्रकाशित मिति : May 31, 2026 at 1:46 pm