१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

१७ जेठ, काठमाडाैं । जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको हो ।

उक्त सभा बिहान ८ बजे सुरु हुने छ । सभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक सेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, दायित्व समायोजनका लागि सेयर बिक्री तथा बाँडफाँड गर्न र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

प्रकाशित मिति : May 31, 2026 at 10:59 am