आईपीओ निष्काशन गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर
१७ जेठ, काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सभा असार ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेबाट सञ्चालन हुनेछ।
सभामा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायबाट प्राप्त निर्देशनअनुसार प्रस्तावित संशोधनमा थपघट वा परिमार्जन गर्नुपर्ने अवस्था आएमा त्यसका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति : May 31, 2026 at 10:41 am









