४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

एमाले संगठन विभागको प्रमुखमा भानु भक्त ढकाल

१७ जेठ, काठमाडौँ । नेकपा (एमाले)को संगठन विभागको प्रमुखको जिम्मेवारी सचिव भानु भक्त ढकालले पाएका छन । अन्तर पार्टी निर्देशन २ जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको जानकारी दिएका छन । ढकालले यसअघि जनसंगठन समन्वय समन्त्रको संयोजक भएर २३ वटा संगठन चलायमान बनाउन प्रभावकारी भूमिका खेलेका थिए ।

१६ सदस्यीय संगठन विभागको सदस्यस्यहरूमा विशाल भट्टराई, सुजिता शाक्य, पार्वत गुरूङ, तिलकुमार मेन्याङ्वो, ज्वाला साह, जगत विश्वकर्मा, माधव ढुंगेल, चेतनारायण आचार्य, लालबहादुर थापा, जीवन गौतम, तिलकबहादुर क्षेत्री, सरोजकुमार यादव, मञ्जु भण्डारी, रजाबहादुर बुढा र आरसी लामिछाने रहेका छन ।

प्रकाशित मिति : May 31, 2026 at 7:52 am