१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

बुधबार एकै दिन पाँच शाखा सञ्चालनमा ल्याउँदै ज्योति विकास बैंक

७ फागुन, काठमाडौँ । विकास बैंकहरू मध्ये अग्रणी बैंकको सूचीमा रहेको ज्योति विकास बैंकले बुधबार एकै दिन पाँच शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार काठमाडौँमा तीन शाखा तथा भक्तपुर र काभ्रेमा एकरएक शाखा सञ्चालनमा आउँदैछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार बुधबार बिहान ९ बजे भक्तपुरको बोडेमा, बिहान ९ः३० बजे काभ्रेको वनेपामा, बिहान ११ बजे काठमाडौँको साँखुमा, दिउँसो २ बजे काठमाडौँको बलम्बुमा र दिउँसो ३ः३० बजे काठमाडौँको कीर्तिपुरमा शाखाको उद्घाटन हुनेछ । ज्ञावालीले शाखाको उद्घाटन कार्यक्रममा सहभागिताका लागि सम्बन्धित ठाउँमा ग्राहक र शुभेच्छुकलाइ अनुरोध गरेका छन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार २१:४३