राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा
१५ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्ताे घोषणा गरेका हुन् ।

सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्न लागेकाे हाे ।
प्रकाशित मिति : May 29, 2026 at 5:31 pm









