१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

नेपाल विद्युत प्राधिकरणलाई ३ कम्पनीमा विभाजन गर्ने सरकारको घोषणा

१५ जेठ, काठमाडाैं । सरकारले विद्युत् प्राधिकरणको पुनर्संरचना गरी उत्पादन, प्रसारण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा रुपान्तरण गरिने घोषणा गरेको छ ।

सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  यस्तो बताएका हुन् । ‘लामो समयदेखि थाती रहेको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्पन्न गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीका रुपमा विभाजन गरिनेछ ।’

प्रकाशित मिति : May 29, 2026 at 4:52 pm