नेपाल टेलिकममा सरकारको सेयर स्वामित्व ६६ प्रतिशतमा सीमित गरिने
१५ जेठ, काठमाडाैँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताए ।
हाल टेलिकममा संस्थागत लगानीकर्ताको हिस्सा ९१.५३ प्रतिशत छ भने सर्वसाधारणको हिस्सा ८.४७ प्रतिशत छ। सरकारको नाममा ६६ प्रतिशत राखेर बाँकी हिस्सा पुसभित्र जनस्तरमा बिक्री गर्ने वाग्लेले बताए।
‘प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ,’ वाग्लेले भने। यसअघि पनि टेलिकममा सरकारको स्वामित्व घटाउँदै जाने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने सरकारले समयसीमा नै तोकेर टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको छ।
प्रकाशित मिति : May 29, 2026 at 4:49 pm









