१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने सरकारको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने भएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद‍्मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले खरिद गर्दा डिजिटल भुक्तानी गरे तुरून्तै १० प्रतिशत भ्याट छुट दिने व्यवस्था गर्ने बताएका हुन् । हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन्।

प्रकाशित मिति : May 29, 2026 at 4:43 pm