१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो । चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो । यस्तै वित्तिय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : May 29, 2026 at 4:20 pm