१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार जोशीलाई

१५ जेठ, काठमाडाैं । विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष डा. मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको हो ।

अध्यक्ष श्रेष्ठ व्यक्तिगत कार्यका लागि वैदेशिक भ्रमणमा जान लागेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : May 29, 2026 at 12:16 pm