१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

म्याग्दी हाइड्रोपावरको आईपीओ निष्कासनको प्रस्ताव संशोधन

१४ जेठ, काठमाडौं । म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।

जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी आईपीओ निष्कासनको प्रक्रियालाई जारी राख्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने, कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : May 28, 2026 at 1:52 pm