१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेपाल राष्ट्र बैंकका तीन जना कार्यकारी निर्देशकको सरुवा

१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न विभागका तीन जना कार्यकारी निर्देशकको सरुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागले सूचना जारी गर्दै २०८३ जेठ १९ गतेदेखि लागू हुने गरी तीन जना कार्यकारी निर्देशकको विभागीय सरुवा गरेको जानकारी दिएको छ ।

राष्ट्र बैंकको जेठ १२ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ । त्यसैगरी डा. राम शरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा पठाइएको छ । यस्तै, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : May 28, 2026 at 1:40 pm