१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सपोर्ट लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

१४ जेठ, काठमाडौं। सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ७ हजार ६६१.४६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

 सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको सेयरको कित्ता खुलाउनु पर्नेछ ।

साथै, ताेकिएकाे समयभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै आवेदन नआएमा उक्त सेयर अन्य कम्पनी तथा व्यक्तिलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : May 28, 2026 at 9:31 am