२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

फागुनसम्म बैंकमा निक्षेप १५ प्रतिशले बढ्यो

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा निक्षेप उल्लेख्य रूपमा बढेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै फागुनसम्म वार्षिक विन्दुगत आधारमा निक्षेप १५.१ प्रतिशतले वृद्धि भएको जानकारी गराएका हुन्।

 कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ। त्यस्तै, डिजिटल भुक्तानी प्रणालीमा सुधार हुँदै क्युआर कारोबार एक खर्ब २५ अर्ब रूपैयाँ नाघेको छ।

प्रकाशित मिति : May 27, 2026 at 2:56 pm