निर्माणाधीन प्रतिनिधि सभा हलप्रति एमालेको टिप्पणीः सिट फिल्महल जस्तो, टेबल कक्षाकोठा जस्तो
१३ जेठ, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको टिप्पणी गरेको छ । बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक ऐन महरले नयाँ संसद हलमाथि प्रश्न उठाएका हुन् ।
‘त्यो सभाहल प्रतिनिधि सभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्। त्यसका सिटहरू फिल्म हलको जस्तो बनाइएको छ । ती टेबलहरू कक्षा कोठाका जस्ता बनाइएका छन् । त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसमा ध्यान पुगोस् ।’
प्रकाशित मिति : May 27, 2026 at 12:14 pm









