१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

१३ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् ।   अध्यक्ष राईले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ’ गर्नुपर्ने माग गर्दै आफ्नो विरोध कायमै रहने बताए ।

सभामुख डोलप्रसाद अर्यालले हिजो पनि यो विषयमा कुरा भएको बताउँदै सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे। साम्पाङले प्रधानमन्त्री उपस्थित हुनुपर्ने अन्यथा आफूलाई बैठकबाट निकाल्नुपर्ने माग राखेका थिए । राईले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।  तर सभामुखले रुलिङ नगरेपछि सांसद राईले बैठक बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति : May 27, 2026 at 11:54 am