१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सभामुखलाई हर्कले भनेः कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस्

१३ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनले उठेर विरोध गर्दै प्ले कार्ड देखाएर प्रधानमन्त्रीको उपस्थिति संसद्मा खोजे । सभामुख डिपी अर्यालले उनलाई बोल्न समय दिए।

साम्पाङले प्रतिनिधि सभा नियमावली १५ को २ अनुसार प्रधानमन्त्रीलाई संसद आउन रूलिङ गर्नुपर्ने माग गरे। यदि रूलिङ नगर्ने हो भने नियमावलीकै ३१ को १ लागू गरेर आफूलाई सदनबाट बाहिर निकाल्ने आदेश दिनुपर्ने उनको माग थियो।

उनले भने, ‘सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन सक्नुभएको छैन । यसकारणले म माग गर्दछु– यहाँले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीज्यस्लाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको नियम ३१ को १ लागू गरेर मलाई यो सदनबाट निस्कासन गरेर यो सदनकको गरिमा बढाइदिनुहुन अनुरोध गर्दछु ।’ सभामुख अर्यालले यस विषयमा हिजो पनि आफूले सदनमा जानकारी गराएको बताएका थिए। त्यसपछि साम्पाङ झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिए ।

प्रकाशित मिति : May 27, 2026 at 11:41 am