१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

विश्वकै ठूलो बैंक एचएसबीसीको नाफा मात्र २० अर्ब डलर,सन् २०१८ काे तुलनामा १६ प्रतिशतले वृद्धि 

७ फागुन, हङकङ  । हङकङकाे विश्वकै ठूलो बैंक मानिएको एचएसबीसीको नाफा मात्र २० अर्ब डलर पुगेकाे छ । सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर नाफा पुगेको हाे । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ । बैंकले अाफ्नाे नाफा सकारात्मक रहेको बताएकाे छ ।

मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनावकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाएका छन् ।

बैंकले सन् २०१८ को अक्टोबर–डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो ।एजेन्सी

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार १६:०१