१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्वरोजगार लघुवित्तको सेयर बिक्रीमा, क – कसले किन्न पाउछन् ?

१३ जेठ, काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि  संस्थापक समूहका ३ जना सेयरधनीहरुको नाममा रहेको १७ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सो सेयरमा संस्थाका संस्थापक सेयरधनीलाई खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।यदि कुनै संस्थापक सेयरधनीहरु संस्थाको संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

साथै, निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाइ सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : May 27, 2026 at 9:47 am