सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
१२ जेठ, काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।
मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । मंगलबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२३ प्रतिशत बढेको छ।
प्रकाशित मिति : May 26, 2026 at 3:22 pm









