१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

आज आँखु खोला जलविद्युतसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१२ जेठ, काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । मंगलबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड ७२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको १६ करोड ५९ लाख २५ हजार रुपैयाँ, सहास उर्जाको १४ करोड १६ लाख ६२ हजार रुपैयाँ, ङादी ग्रुप पावरको १३ करोड ७३ लाख १० हजार रुपैयाँ र अपी पावर कम्पनीको १३ करोड १३ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 26, 2026 at 3:17 pm