१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सांसद बरालको माग

१२ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर भारी वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।नेपालमा सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताए ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि कर बढाउन आवश्यक रहेको बताए । सांसद  बरालले सुर्तिजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे । ‘सुर्तिजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ । ’ उनले भने ।

 

प्रकाशित मिति : May 26, 2026 at 2:42 pm