१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

यसरी हेर्नुहोस् स्नो रिभर्सको आईपीओ नतिजा

१२ जेठ, काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज कम्पनीको आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणलाई ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २६ लाख १ हजार ८ सय ४८ जनाको आवेदन दिएका थिए । जसमध्ये २५ लाख ५७ हजार ८ सय ५५ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ८ सय १२ जनाले मात्र १० कित्ताको दरले  सेयर पाएका छन् । सेयर पाएका मध्ये ५ जनाले थप एक कित्ता अर्थात ११ कित्ता सेयर पाएका छन्  । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo , मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login र सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : May 26, 2026 at 11:35 am