१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कतिमा भयो कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार ?

१२ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिन्चोक हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

गत जेठ ८ गते कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार हिजो अर्थात जेठ ११ गते सोमबारको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनु पर्ने थियो। तर, सो दिन कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन सकेन। फलस्वरुप पहिलो कारोबार आज भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : May 26, 2026 at 11:01 am