प्रि ओपन सेसनमा करिब साढे २ अंकले घट्यो नेप्से
१२ जेठ, काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.२३ अंकले घटेर २७८४.११ विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४५ स्टकको ७० पटकको कारोबारमा ५१ लाख ४८ हजार ८२ रुपैयाँबराबरको १४ हजार ४० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 26, 2026 at 10:57 am









