१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्नो रिभर्सको आईपीओ आज बाँडफाँड हुँदै

१२ जेठ, काठमाडौं । स्नो रिभर्स लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बिहान ११ बजे बाँडफाँड हुने कार्यक्रम रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : May 26, 2026 at 9:43 am