११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैनः प्रवक्ता पोखरेल

११ जेठ, काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेको भारत भ्रमण सरकारसँग नजोडिएको बताए ।‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने ।

उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको बताउनुभयाे । ‘प्रधानमन्त्रीज्यू भारत मात्र नजानुभएको होइन । अहिले विदेश कहिँ पनि जानुभएको छैन । अहिले पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ । सुरुमा काममा बढी फोकस पनि छौं ।’

प्रकाशित मिति : May 25, 2026 at 5:40 pm