११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

११ जेठ, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेको जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।

प्रकाशित मिति : May 25, 2026 at 5:10 pm