११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सदस्यता अद्यावधिक गर्न कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता

११ जेठ,  काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई सहज तथा द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई  जिम्मेवारी दिएकाे हाे ।

महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता र महामन्त्री गगनकुमार थापाको उपस्थितिमा बसेको बैठकले कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेशमा देवराज चालिसे, बागमतीमा बहादुर सिंह लामा र गण्डकीमा मुक्ताकुमारी यादवलाई अनुगमनको जिम्मेवारी तोकेको छ । त्यसैगरी, लुम्बिनी प्रदेशको कमाण्ड अमरसिंह पुन, कर्णालीको जानकी सिंह र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी उदय शमशेर राणालाई दिइएको छ । उनीहरूलाई विशेष जिम्मेवारीसहित प्रदेशमा खटाइएको कांग्रेसका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुललाले जनाएका छन्।

प्रकाशित मिति : May 25, 2026 at 4:12 pm