११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आँखु खोला जलविद्युतसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार २३५ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ भने २८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । सोमबार आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँ, अपी पावर कम्पनीको १८ करोड ४० लाख ११ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको १५ करोड २० लाख ३८ हजार रुपैयाँ र ङादी ग्रुप पावरको १४ करोड ६१ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 25, 2026 at 3:23 pm