११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सोमबार यी कम्पनीको सेयर मूल्य बढ्यो सर्वाधिक

११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साेमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६.३५ को विन्दुमा पुगेको छ। आज ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार २३५ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ भने २८ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । सोमबार थ्रीस्टार हाइड्रोपावरको सेयर सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ । त्यसैगरी, सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ५.३८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : May 25, 2026 at 3:18 pm