मन्त्रिपरिषद् बैठक बस्दै, होला त धितोपत्र बोर्डको अध्यक्ष नियुक्त ?
११ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति गर्ने सम्भावना बलियाे देखिएकाे छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिले ४७ जना आवेदकहरूमध्येबाट चार जनाको नाम ‘सर्ट लिस्ट’ सार्वजनिक गरिसकेकाे छ ।
सर्ट लिस्टमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन्। यी मध्येबाट एक जना अध्यक्ष नियुक्त हुनेछन् ।
प्रकाशित मिति : May 25, 2026 at 11:51 am









