११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से

११ जेठ, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ५.५५ अंकले घटेर २७५२.९४ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको १११ पटकको कारोबारमा १ करोड २ लाख ३१ हजार ३६१ रुपैयाँ २० पैसाबराबरको १३ हजार ३०३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : May 25, 2026 at 10:58 am