चिरख्वा हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
११ जेठ, काठमाडाैं। चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनी र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच जेठ ६ गते निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौता–पत्रमा चिरख्वा हाइड्रो पावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष दीपक राई र मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।
प्रकाशित मिति : May 25, 2026 at 9:52 am









